२८ माघ,चितवन । चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक ३७ वर्षीया महिलाले पदको दुरुपयोग गरी पटक-पटक यौन शोषण गरेको आरोपमा माघ २३ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी छन् ।
पीडित महिलाका अनुसार गत असोज १ गते आफ्नो समस्या लिएर कार्यालय पुग्दा महतले न्याय दिलाउने प्रलोभन देखाई कफी खान स्थानीय क्याफेमा लगेर पहिलोपटक जबरजस्ती करणी गरेका थिए भने पछि सोही विषयमा उजुरी गर्न खोज्दा कार्यालयकै कार्यकक्षमा बोलाएर पुनः जबरजस्ती गर्नुका साथै कुटपिट समेत गरेका थिए ।
हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका महतका आफन्तबाट आफूलाई धम्की आइरहेको पीडितले गुनासो गरे पनि यसबारे जिल्ला प्रहरी कार्यालय चितवनका अधिकारीहरूले भने आधिकारिक रूपमा केही खुलाएका छैनन् ।
प्रतिक्रिया
