अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक तथा ऊर्जा संरचनाहरूमा ४८ घण्टाभित्र आक्रमण गर्ने चेतावनी दिए तापनि अन्तिम समयमा उक्त निर्णय स्थगित गरेपछि इरानले यसलाई अमेरिकाको पराजय र “पछाडि हटेको” कदमका रूपमा व्याख्या गरेको छ।
अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले इरानको “कडा चेतावनी” र स्पष्ट सन्देशका कारण ट्रम्प आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको टिप्पणी गरेको छ भने इरानी समाचार एजेन्सी तस्निमले समेत “Trump backs down!” (ट्रम्प पछि हटे!) शीर्षकमा समाचार प्रकाशित गर्दै यस घटनालाई इरानको कूटनीतिक र सामरिक दबाबको परिणामका रूपमा चित्रण गरेको छ।
प्रतिक्रिया
