राष्ट्रिय झण्डाको प्रयोग गर्दा मर्यादा कायम राख्न गृह मन्त्रालयको आग्रह

छानबिन न्यूज
पाठक संख्या 168
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१२ माघ,काठमाडौं । गृह मन्त्रालयले राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सबैमा हार्दिक अनुरोध गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ बमोजिम झण्डाको आकार, फहराउने विधि र निषेधित कार्यहरूको पालना गर्न सचेत गराएको हो।

विशेषगरी निर्वाचन आचारसंहिता, २०८२ अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा वा घरदैलो गर्दा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने र अन्य प्रचारप्रसारमा यसको प्रयोग गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै मन्त्रालयले झण्डा उल्टो राख्न, च्यात्न, जलाउन, सामान पोको पार्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न वा शरीरको कम्मरभन्दा मुनिको भागमा यसको प्रतीक प्रयोग गर्न पूर्णतः निषेध गरिएको स्पष्ट पारेको छ।

यदि कसैले राष्ट्रिय झण्डाको अपमान वा दुरुपयोग गरेमा कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिँदै मन्त्रालयले यसको नियमित अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिएको छ।

प्रतिक्रिया
शेयर