कर्णालीबाट राष्ट्रियसभामा एमालेकी मिनासिंह रखाल विजयी

छानबिन न्यूज
पाठक संख्या 150
0 Min Read
Oplus_16908288

११ माघ,काठमाण्डाैं ।  सुर्खेतमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फकी उम्मेदवार मिनासिंह रखाल निर्वाचित भएकी छन् ।

दैलेखको नारायण नगरपालिका निवासी रखालले प्रदेशसभातर्फ खसेको ३९ मतमध्ये २६ र स्थानीय तहतर्फ १५२ मध्ये ९३ मत प्राप्त गरी जित हासिल गरेकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेशमा १३ र स्थानीय तहमा ५५ मत मात्र प्राप्त गरिन् ।

प्रतिक्रिया
शेयर