गोरखा–२ बाट बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता, शीर्ष नेताहरूको आग्रहमा लिए निर्णय

छानबिन न्यूज
पाठक संख्या 137
1 Min Read
Oplus_16908288

९ माघ,काठमाण्डाैं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।

भट्टराईको सचिवालयका अनुसार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूले अभिभावकीय भूमिका निर्वाह गर्दै चुनावी सहजीकरण गरिदिन आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिने तयारी गरेका हुन्।

२०७९ को निर्वाचनमा प्रचण्डलाई सहयोग गरेका भट्टराईले यसपटक पनि सुरुमा चुनाव नलड्ने बताए पनि मनोनयनको दुई दिनअघि मात्रै गोरखा पुगेर उम्मेदवारी दर्ता गराएका थिए।

आजै वारेसनामामार्फत औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने तयारीमा रहेका भट्टराईले अबको चुनावी प्रतिस्पर्धामा कसलाई समर्थन गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया
शेयर