प्रधानमन्त्री बालेन शाह र मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा सामूहिक छलफल

छानबिन न्यूज
पाठक संख्या 30
1 Min Read
Oplus_16908288

३ बैसाख,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पदभार सम्हालेपछि पहिलो पटक आज प्रदेशका मुख्यमन्त्रीहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक भेटघाट र छलफल थालेका छन् ।

विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत-साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहेर जारी यस बैठकमा राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
शेयर