स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित दुई जना पक्राउ

Sep 7, 2026 - 21:36
 0  6
स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित दुई जना पक्राउ

२२ भदाै,नवलपरासी । नवलपरासी पश्चिममा स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थितमा प्रहरी टोलीले यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका–६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्तालाई पक्राउ गरेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको स्रोत नखुलेको नेपाली रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट रु. २१ लाख ६० हजार नगद बरामद भएको छ। रकम, मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलाटारीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0