ईर्साद अन्सारी
३ जेठ,काठमाण्डाैं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ ।
महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
३ जेठ (काठमाडौं) मा घटेको उक्त घटनाका मृतकको शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
