निजी विद्यालयको योगदान र छात्रवृत्तिमा विभेद अन्त्य हुनुपर्नेमा अध्यक्ष कुशवाहाको जोड

छानबिन न्यूज
पाठक संख्या 41
1 Min Read

४ बैसाख,बारा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न निर्वाह गर्दै आएको भूमिकाप्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ।

बाराको महागढीमाई नगरपालिका–६ स्थित डिभाईन प्लस टु विद्यालयद्वारा आयोजित कक्षा १० का एसईई विद्यार्थीहरूको बिदाइ समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले वर्तमान सरकारले निजी विद्यालयको उचित व्यवस्थापन गर्नुपर्ने र सामुदायिक विद्यालय सरह नै निजीका छात्राहरूलाई पनि छात्रवृत्ति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।

डिभाईन सेकेन्डरी स्कुलका सात जना एसईई परीक्षार्थीहरूलाई बिदाइ गरिएको उक्त कार्यक्रम विद्यालयका प्राचार्य के.के. उषाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पूर्व जनप्रतिनिधिहरू पन्नालाल साह कलवार र जितेन्द्र गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, जिल्ला अध्यक्ष रमेश सुवेदी, कार्यसमिति सदस्य नरेश गुप्ता लगायत स्थानीय अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विद्यालयका संस्थापक अध्यक्ष के.एस. फिगिसनको विशेष उपस्थिति रहेको उक्त समारोहमा शिक्षक राधेश्याम चौरसियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया
शेयर