नेप्सेमा १०५ अंकको पहिरो: २६१ कम्पनीको सेयरमूल्य घट्दा १२ अर्ब ३८ करोडको कारोबार

छानबिन न्यूज
पाठक संख्या 47
1 Min Read
Oplus_16908288

२२ चैत,काठमाण्डाैं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १०५.५० अंकको उच्च गिरावट आएको छ, जसका कारण बजार २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा खुम्चिएको छ ।

बजारमा तीव्र गिरावट देखिए पनि कारोबार रकम भने सन्तोषजनक रहँदै १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज कुल २६१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा केवल ७ कम्पनीका लगानीकर्ताले मात्र कमाउन सफल भए । बजार राताम्मे हुँदा समेत रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इन लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

अर्कोतर्फ, नारायणी विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाउँदै सर्वाधिक नोक्सानी व्यहोरेका छन् ।

विशेषगरी हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक ५८ करोड रुपैयाँ बराबरको कारोबार भए तापनि यसको मूल्यमा ९.८४ प्रतिशतको गिरावट देखिएको छ ।

प्रतिक्रिया
शेयर