ईर्साद अन्सारी
२० चैत,काठमाण्डाैं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेबमोजिम आज मनोनयन दर्ता भएको हो भने रास्वपा दुई तिहाइ बहुमत नजिक रहेका कारण अर्को उम्मेदवारी पर्ने सम्भावना न्यून रहेकाले अर्याल सम्भवत: निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ ।
निर्वाचन तालिका अनुसार आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गरिने छ भने आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा दर्ता भएका प्रस्तावहरूमाथि प्रस्तावकको प्रस्ताव, समर्थकको समर्थन र सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
