१८ चैत, काठमाडौं— शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन बिदा दिने सरकारको निर्णय भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको सूचना पूर्णतः भ्रमपूर्ण र ‘फेक’ रहेको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयको लेटरहेड, छाप र दस्तखतको दुरुपयोग गरी तयार पारिएको उक्त सूचना ‘अप्रिल फूल’ को बहानामा वा अन्य नियतले फैलाइएको भए तापनि यसले गम्भीर अन्योल सिर्जना गरेपछि मन्त्रालयले औपचारिक विज्ञप्ति जारी गर्दै शनिवार र आइतबार दुई दिन शैक्षिक संस्था बन्द हुने कुराको खण्डन गरेको हो।
मन्त्रालयले यस प्रकारका भ्रामक सन्देश प्रवाह गर्ने र सरकारी कागजात कीर्ते गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानून अनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ।
प्रतिक्रिया
