धनगढीमा बालकको शङ्कास्पद मृत्यु: घटनास्थल सिल गरी अनुसन्धान गर्दै प्रहरी

छानबिन न्यूज
पाठक संख्या 39
1 Min Read
Oplus_16908288

१२ असार,बारा ।  कैलालीको धनगढीमा गत बुधबार साँझदेखि बेपत्ता भएका एक बालक तीन दिनपछि जंगलमा मृत अवस्थामा भेटिएका छन्।

धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने उर्मा बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत १० वर्षीय बालक तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत फेला परेका हुन्।

प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनको शव आधा सडेको अवस्थामा फेला पारेको थियो। शव भेटिएको स्थान नजिकै बालकले चढ्दै आएको साइकल र रगत लत्पत्तिएका ढुङ्गाहरू समेत बरामद भएकाले उनको हत्या भएको आशंका गरिएको छ।

हाल जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घटनास्थल सिल गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर