ईर्साद अन्सारी
१४ चैत,काठमाण्डाैं । नेकपा एमालेका पूर्व संविधान सभा सदस्य ५२ वर्षीय कर्णबहादुर मल्ललाई बलात्कारको आरोपमा शनिबार प्रहरीले ललितपुरको सातदोबाटो क्षेत्रबाट पक्राउ गरेको छ।
मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने मल्ल विरुद्ध एक महिलाले गत फागुन ५ गते जबरजस्ती करणीको उजुरी दिएकी थिइन् भने सोही विषयलाई लिएर पीडित महिला केही समयअघि माइतीघरमा अनशन समेत बसेकी थिइन्।
ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई ललितपुर महानगरपालिका–१५ बाट नियन्त्रणमा लिएको हो र हाल उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया
