सरकारद्वारा ६ सहसचिवको सरुवा: प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

छानबिन न्यूज
पाठक संख्या 97
1 Min Read
Oplus_16908288

१ चैत,बारा । सरकारले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ, जसअन्तर्गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थानान्तरण गरी प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी सुम्पिएको छ।

सोही बैठकको निर्णयअनुसार अन्य सहसचिवहरूमा टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिकामा कामकाजका लागि खटाइएको छ भने ज्ञानहरि घिमिरेलाई जनकपुरधाम उपमहानगरपालिका र नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा अन्तर्गत रहने गरी सरुवा गरिएको छ।

प्रतिक्रिया
शेयर