एमाले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलनको घोषणा

छानबिन न्यूज
पाठक संख्या 67
1 Min Read
Oplus_16908288

१४ चैत,काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले त्यसको विरुद्धमा कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै आज अपराह्न ३ बजे प्रत्येक जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने र भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) लाई विरोधपत्र बुझाउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

यसका साथै, एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग संवाद तथा सहकार्य गर्दै यो कदमको दृढताका साथ प्रतिवाद गर्ने रणनीति तय गरेको छ।

प्रतिक्रिया
शेयर