एमाले अध्यक्ष ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने तयारी

छानबिन न्यूज
पाठक संख्या 111
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१४ चैत,काठमाण्डाैं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले आज बिहान पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि एमालेले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।

एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि आजैदेखि प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै यस गिरफ्तारीले देशमा द्वन्द्व निम्त्याउने र राजनीतिक पूर्वाग्रह झल्काउने दाबी गरेका छन ।

बस्नेतले सरकारी सम्पदा र आफ्नै चौकी समेत जोगाउन नसक्ने प्रहरी प्रशासन लोकतन्त्रका लागि लडेका नेताहरूलाई पक्राउ गर्न हजारौंको संख्यामा परिचालन भएको भन्दै प्रहरीको भूमिकाप्रति समेत टिप्पणी गरेका छन ।

पुर्व गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान पक्राउ गरिएकाे छ ।प्रदर्शनको विस्तृत कार्यक्रम केही समयमै सार्वजनिक गरिने जानकारी दिएका छन ।

प्रतिक्रिया
शेयर