१३ चैत,काठमाण्डाैं । काठमाडौंबाट दोलखाको लाप्चाका लागि उडेको मुस्ताङ एयरको नाइनएन-एएनओ नम्बरको हेलिकोप्टर आज बिहान करिब १०:२५ बजेदेखि सम्पर्कविहीन भएको छ।
क्याप्टेन सुरज थापा क्षेत्रीसहित कुल ५ जना सवार उक्त हेलिकोप्टर लाप्चामा अवतरण गरी पुन: उडेको केही मिनेटमै नागरिक उड्डयन प्राधिकरणसँगको सम्पर्कबाट टाढा भएको हो।
हेलिकोप्टर हराएको आशंका गरिएको दोलखा क्षेत्रमा भीषण वर्षा भइरहेकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको भए तापनि नेपाली सेनालाई सम्भावित दुर्घटनास्थलतर्फ परिचालन गरिसकिएको छ।
सम्बन्धित निकायहरूले खोजी कार्यलाई तीव्रता दिए तापनि हालसम्म हेलिकोप्टरको अवस्थाबारे कुनै आधिकारिक पुष्टि हुन सकेको छैन र थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया
