इजरायली आक्रमणबाट तेहरानको आवासीय क्षेत्रमा १२ जनाको मृत्यु, इरानमा मानवीय क्षति बढ्दो

छानबिन न्यूज
पाठक संख्या 73
0 Min Read
Oplus_16908288

११ चैत,काठमाण्डाैं ।  अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण जारी राखेका छन्।

गएराति इजरायली सेनाले राजधानी तेहरानको दक्षिणी उपनगर वरमिनमा रहेको आवासीय क्षेत्रमा आक्रमण गर्दा कम्तिमा १२ जनाको मृत्यु भएको छ।

उक्त आक्रमणमा परी २८ जना घाइते भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा युद्ध सुरु भएदेखि हालसम्म मृत्यु हुनेको संख्या १५ सय पुगेको छ भने १८ हजारभन्दा बढी मानिसहरू घाइते भएका छन्।

प्रतिक्रिया
शेयर