रास्वपाद्वारा नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमको सुरुवात्

छानबिन न्यूज
पाठक संख्या 83
1 Min Read
Oplus_16908288

३ चैत,काठमाण्डाैं । समानुपातिकतर्फ गरी कूल १८२ सिट हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रणाली र जिम्मेवारीबारे सुसूचित गराउने उद्देश्यले आजदेखि दुईदिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार यो प्रशिक्षणमा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माणको प्रक्रिया, संसद्को कार्यप्रणाली तथा पार्टीले अबलम्बन गर्नुपर्ने भावी रणनीतिबारे विस्तृत जानकारी दिइनेछ भने महामन्त्री कबिन्द्र बुर्लाकोटीले ६ बुँदे निर्देशनसहित सांसदहरूको अनिवार्य उपस्थितिका लागि आह्वान गरिसकेका छन्।

प्रतिक्रिया
शेयर