नाइजेरियामा भीषण बम विष्फोट: २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

छानबिन न्यूज
पाठक संख्या 64
1 Min Read
Oplus_16908288

३ फागुन,काठमाण्डाैं । ​उत्तर–पूर्वी नाइजेरियाको मैदगुरी सहरमा मंगलबार भएका श्रृंखलाबद्व आत्मघाती बम विष्फोटमा परी कम्तिमा २३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार र पोस्ट अफिसबाहिर यी विष्फोटहरू गराइएका थिए ।

स्थानीय प्रहरीले थप तीन स्थानमा राखिएका बमहरू निष्क्रिय पारेको छ भने यस आक्रमणमा बोको हराम वा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) का लडाकुहरूको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

पछिल्लो समय जिहादी समूहहरूको बढ्दो सक्रियताले यस क्षेत्रको सुरक्षा व्यवस्था निकै चुनौतीपूर्ण बनेको छ ।

प्रतिक्रिया
शेयर