१ चैत,काठमाण्डाैं । मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य तनावका कारण इन्धन आपूर्तिमा जोखिम देखिएका बेला ९३ हजार मेट्रिक टनभन्दा बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) बोकेका ‘शिवालिक’ र ‘नन्दा देवी’ नामक दुई भारतीय जहाज सुरक्षित रूपमा होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार यसको पुष्टि गर्दै ऊर्जा सुरक्षाका लागि अन्य जहाजहरूलाई पनि तयारी अवस्थामा राखिएको र सम्बन्धित देशहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन ।
यसअघि थाई जहाजमा भएको आक्रमण र पाँच भारतीय नागरिकको ज्यान गएको घटनाले क्षेत्रमा त्रास बढाएको थियो, जसको प्रत्यक्ष असर भारत र भारतबाट इन्धन आयात गर्ने नेपालको आपूर्ति प्रणालीमा समेत देखिन थालेको छ।
प्रतिक्रिया
