२३ माघ,काठमाण्डाैं । भारतको मेघालयस्थित उम्साङघाटमा सञ्चालित एक कोइला खानीमा बिहीबार भएको भिषण विस्फोटमा परी खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त विष्फोटमा परी ज्यान गुमाउनेको कुल संख्या १८ पुगेको छ भने सोही घटनामा बराहपोखरीकै बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख भारु क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ भने घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको जनाइएको छ।
प्रतिक्रिया
