सर्लाही-४ को शक्ति सङ्घर्ष: ‘घण्टी’को दबदबा र गगन थापाको मधेस यात्रामा चुनौ

छानबिन न्यूज
पाठक संख्या 148
1 Min Read

२२ फागुन,बारा । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणना परिणामले नेपाली राजनीतिमा एक नयाँ र पेचिलो मोड ल्याइदिएको छ, जहाँ काठमाडौँको सुरक्षित किल्ला छाडेर प्रधानमन्त्रीको दाबेदारसहित मधेस झरेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले सुरुवाती चरणमै पछि पारेका छन्।

गोडैतास्थित मतगणना केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार रास्वपाका सिंह १ हजार २३९ मतका साथ अग्रस्थानमा रहँदा कांग्रेसका थापा ७६८ मतमा खुम्चिएका छन्, जसले मधेसको राजनीतिमा परम्परागत शक्ति र नयाँ उदय भएको ‘घण्टी’ लहरबीचको कडा टकरावलाई प्रतिविम्बित गर्छ।

कुनै समय कांग्रेसकै राजनीतिमा रहेर पछि बागी र स्वतन्त्र बनेका अमरेशले रास्वपाको झण्डा बोक्नु र सुरुवाती अग्रता लिनुले थापाको ‘मधेस कार्ड’ लाई रणनीतिक रूपमा जोखिमपूर्ण बनाएको छ भने जनमत पार्टीका राकेश मिश्रा र एमालेका अमनिश यादवको उपस्थिति बीच थापाले यो अग्रतालाई कसरी उल्ट्याउँछन् भन्ने विषय राष्ट्रिय चासोको केन्द्र बनेको छ।

प्रतिक्रिया
शेयर