धनुषामा तेल ट्यांकरको ठक्करबाट प्रहरी असईको मृत्यु, एक जना गम्भीर घाइते

छानबिन न्यूज
पाठक संख्या 132
1 Min Read
Oplus_16908288

२२ माघ,जनकपुरधाम ।  धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ढल्केवरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) देवानन्द फनैतको मृत्यु भएको छ।

ना ७ ख ३७१८ नम्बरको ट्यांकरले प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चित्लाङ मकवानपुर दरबन्दी भई ढल्केवरमा लेखा प्रमुखका रूपमा कार्यरत फनैतलाई उपचारका लागि लालगढस्थित मोडल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

 सोही दुर्घटनामा प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम–९ का ४५ वर्षीय रामकिशोर महतो गम्भीर घाइते भएका छन्। प्रहरीले दुर्घटनामा संलग्न ट्यांकर र सुनसरीको उर्लाबारी–१ का ३६ वर्षीय चालक दुर्गा माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर