निर्वाचनबारे अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

छानबिन न्यूज
पाठक संख्या 32
1 Min Read
Oplus_16908288

५ फागुन,काठमाण्डाैं ।  काठमाडौंको भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ परेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आगामी २१ फागुनमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने भन्दै अफवाह फैलाएको र सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

निर्वाचनको मिति घोषणा भएयता मात्रै तीन पटक पक्राउ परिसकेका प्रसाईं यसअघि पोखराबाट र वीरगञ्ज जाने क्रममा चाल्नाखेलबाट समेत प्रहरी नियन्त्रणमा परेका थिए।

प्रतिक्रिया
शेयर