मुग्लिन–नारायणगढमा नाइट बस दुर्घटना, ३८ यात्रु घाइते

छानबिन न्यूज
पाठक संख्या 229
1 Min Read
Oplus_16908288

१६ माघ,चितवन ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउने भन्ने स्थानमा आज बिहान करिब ३:१० बजे दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।

दुर्घटनालगत्तै प्रहरीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर र मुग्लिङका विभिन्न अस्पतालमा पठाजादै ।

जसमध्ये मौलाकालिका अस्पतालमा १५, पुरानो मेडिकल कलेजमा १३, नयाँ मेडिकल कलेजमा ४ र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडकखण्ड अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।

प्रतिक्रिया
शेयर