ईर्साद अन्सारी
२१ चैत,काठमाण्डाैं । अमेरिका, इजरायल र इरानबीचको तनाव कम गर्न मध्यस्थताको प्रयास गरिरहेको पाकिस्तानलाई संयुक्त अरब इमिरेट्स (युएई) ले यसै महिनाको अन्त्यसम्ममा आफ्नो ३.५ अर्ब अमेरिकी डलर ऋण फिर्ता गर्न ताकेता गरेपछि इस्लामावादलाई ठूलो आर्थिक धक्का लागेको छ ।
हाल पाकिस्तानसँग २१ अर्ब डलर विदेशी मुद्रा सञ्चिति रहेकाले तत्काल ऋण तिर्न सक्ने अवस्था भए पनि आगामी महिनाहरूमा वैदेशिक दायित्व पूरा गर्न उसलाई कठिन पर्ने देखिएको छ ।
विशेषगरी मार्च ३१, २०२६ सम्म आईएमएफको ७.२९ अर्ब डलर ऋण र डिसेम्बर २०२५ सम्म १३८ अर्ब डलर पुगेको कुल वैदेशिक ऋणको भारका कारण पाकिस्तानको अर्थतन्त्र थप जोखिममा परेको छ ।
प्रतिक्रिया
