समाचारको कारण पत्रकार साहमाथि सामुहिक हमला, नेपाल पत्रकार महासंघ बाराद्वारा कडा निन्दा

छानबिन न्यूज
पाठक संख्या 343
1 Min Read
Oplus_16908288

५ माघ,बारा ।  बारास्थित स्पर्श खबर डटकममा कार्यरत पत्रकार मनोज साहमाथि समाचार लेखेकै निहुँमा सोमबार बिहान मर्निङ वाक गरिरहेका बेला साङ्घातिक हमला भएको छ ।

निर्वाचनको समयमा दल परिवर्तन गर्ने र जग्गा दान गर्ने विषयमा सामाजिक सञ्जालमार्फत समाचार सार्वजनिक गरेको रिसिइबी साध्दै जितपुरका स्थानीय कपुरराज पुरीसहित ३–४ जनाको समूहले उनीमाथि सामुहिक आक्रमण गरेका हुन् ।

उक्त आक्रमणबाट पत्रकार साहको टाउको र आँखामा गम्भीर चोट लागेको छ । यस घटनाप्रति नेपाल पत्रकार महासंघ बारा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सहसचिव इन्दीप कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस कार्यलाई प्रेस स्वतन्त्रताविरोधी र निन्दनीय कदम ठहर गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न र पत्रकार साहको सुरक्षाको प्रत्याभूति दिलाउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।

प्रतिक्रिया
शेयर