बेरोजगारीका कारण आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको निधन

छानबिन न्यूज
पाठक संख्या 74
1 Min Read
Oplus_16908288

३० असार,बारा ।  लामो समयदेखि मानसिक तनावमा रही आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति करिब २ बजे निधन भएको छ।

अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार, शरीरमा पेट्रोल छर्केर आफैँलाई आगो लगाई गम्भीर घाइते भएका यादवलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर साँझ करिब ७:३० बजे अस्पताल भर्ना गरिएको थियो।

जीवविज्ञान (बायोलोजी) विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका उनी सर्लाहीको रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएकोमा विद्यालयले उनको स्थानमा अर्को शिक्षक नियुक्त गरेपछि विगत एक वर्षदेखि बेरोजगार भई मानसिक तनावमा थिए।

उनकी भाउजू शान्तिदेवी मण्डलका अनुसार रोजगारी गुमेपछि घरमै बस्दै आएका यादवको मानसिक तनाव बढ्दै गएको र सोही कारण उनले शुक्रबार दिउँसो करिब १२ बजेतिर स्थानीय सिसौटिया बजारचोकमा आत्मदाहको प्रयास गरेका थिए।

प्रतिक्रिया
शेयर