२१ फागुन,मुगु । मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्र नजिकै दुईवटा शङ्कास्पद वस्तु (बम) फेला परेपछि केही समय अवरुद्ध भएको मतदान प्रक्रिया नेपाली सेनाले बम निष्क्रिय पारेसँगै पुनः सुचारु भएको छ।
प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा दुई छुट्टाछुट्टै स्थानमा बम भेटिएपछि स्थानीयमा त्रास फैलिएको र मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून देखिएको स्थानीय धर्मराज शाहीले जानकारी दिए पनि, खबर प्राप्त हुनासाथ पुगेको सेनाको टोलीले बम डिस्पोज गरेर स्थिति नियन्त्रणमा लिएको छ।
अन्य स्थानमा पनि शङ्कास्पद वस्तु हुनसक्ने अपुष्ट खबरका कारण सुरक्षा निकायले निगरानी र अनुसन्धान तीव्र पारेको छ भने जिल्ला प्रशासन कार्यालय मुगुले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै नागरिकहरूलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ।
