निर्वाचन २०८२: काठमाडौं–५ र मोरङ–४ मा कांग्रेसका दुवै महामन्त्री पराजित

छानबिन न्यूज
पाठक संख्या 101
1 Min Read

२३ फागुन,बारा ।  प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका दुई प्रभावशाली महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूबाट भारी मतान्तरले पराजित भएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७ मतका साथ सानदार जित हासिल गर्दा कांग्रेस महामन्त्री पौडेल मात्र ९ हजार १५९ मतमा खुम्चिँदै २१ हजार ५७८ को फराकिलो मतान्तरले पराजित भए ।

उता मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाकै सन्तोष राजवंशीले ३६ हजार ८५९ मत प्राप्त गरी विजयी झण्डा गाड्दा कांग्रेसका अर्का महामन्त्री गुरुराज घिमिरेले जम्मा १२ हजार १४७ मत प्राप्त गर्दै २४ हजारभन्दा बढीको मतान्तरले पराजय व्यहोर्नु पर्यो ।

प्रतिक्रिया
शेयर