प्रधानन्यायाधीश नियुक्तिमा हर्क साम्पाङको आपत्ति: उपसभामुखको हस्ताक्षरप्रति जनाए असन्तुष्टि

छानबिन न्यूज
पाठक संख्या 27
1 Min Read
Oplus_16908288

२५ बैसाख,काठमाण्डाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियामा आफ्नै पार्टीबाट प्रतिनिधित्व गरेकी उपसभामुख रुवीकुमारीले हस्ताक्षर गरेकोप्रति कडा आपत्ति जनाउँदै सरकारले विधि र पद्धति मिचेर चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्नुलाई ठूलो गल्ती र खेदपूर्ण कदम बताएका छन्।

संवैधानिक परिषद्को उक्त निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समेत असहमति जनाइरहँदा, साम्पाङले जारी गरेको विज्ञप्तिमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसङ्ग ल्याएर दबाब सिर्जना गरिएको अवस्थामा उपसभामुखले वरीयता उल्लंघनको निर्णयमा साथ दिनु दुःखद रहेको उल्लेख गर्दै राजनीतिलाई विधिविपरित अघि बढाउने यस्तो प्रवृत्तिको घोर विरोध गरेका छन्।

प्रतिक्रिया
शेयर