पाराग्वेद्वारा पूर्व विजेता जर्मनी स्तब्ध: २४ वर्षपछिको ऐतिहासिक बदलासँगै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

छानबिन न्यूज
पाठक संख्या 44
2 Min Read
Oplus_16908288

१६ असार,काठमाण्डाैं । अमेरिकाको बोस्टन स्टेडियममा भएको फिफा विश्वकप २०२६ को निकै रोमाञ्चक र तनावपूर्ण राउण्ड अफ ३२ को खेलमा चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउट (सडनडेथ) मा ४-३ ले स्तब्ध पार्दै पाराग्वेले ऐतिहासिक जितसहित अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि जारी विश्वकपमै पहिलो पटक पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो, जहाँ खेलको ४२औं मिनेटमा जुलियो इनसिसोको गोलबाट पाराग्वेले सुरुवाती अग्रता लिए पनि ५४औं मिनेटमा जर्मनीका काई हाभार्टले बराबरी गोल फर्काएका थिए ।

अतिरिक्त समयको १०२औं मिनेटमा जर्मनीका जोनाथान ताहले गरेको गोललाई भिएआर (VAR) ले मान्यता नदिँदा खेल थप रोमाञ्चक मोडमा पुगेको थियो।

पेनाल्टी सुटआउटको सुरुवाती पाँच प्रहारमा दुवैतर्फबाट दुई-दुई पेनाल्टी मिस भएर ३-३ को रोमहर्षक बराबरी भएको अवस्थामा छैटौं प्रहारमा जर्मनीका ताहको प्रहार पोस्ट बाहिर पर्न गयो र लगत्तै पाराग्वेका जोसे क्यानालेले निर्णायक पेनाल्टी गोलमा परिणत गर्दै टोलीलाई म्याच जिताए।

जर्मनीको विश्वकप इतिहासमै पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो र आधिकारिक रूपमा लज्जास्पद रेकर्ड बन्न पुग्यो, जसका कारण सन् २०१४ को च्याम्पियन जर्मनी १२ वर्षपछि नकआउट चरण पुगेर पनि लगातार तेस्रो विश्वकपमा निराशाजनक रूपमा बाहिरिने दोस्रो पूर्व विजेता (उरुग्वे पछि) बन्यो।

उता, सन् २००२ को विश्वकपमा जर्मनीसँगै बेहोरेको हारको २४ वर्षपछि सानदार बदला लिँदै २०१० पछि दोस्रो पटक नकआउट खेल जित्न सफल पाराग्वेले अब क्वाटरफाइनल प्रवेशका लागि फ्रान्स र स्वीडेन बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
शेयर