नेपाली कांग्रेस बाराको बिस्तारित बैठक सम्पन्न: निर्वाचन रणनीति र अनुशासन कारबाहीमा जोड

छानबिन न्यूज
पाठक संख्या 135
1 Min Read

१३ जेठ,बारा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका बिस्तारित बैठक सभापति राजेश राय यादवको सभापतित्वमा कलैयास्थित बी.पी. भवनमा आज सम्पन भएकाे छ ।

साे बैठकमा जिल्ला पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति, पालिका सभापति र भातृ एवं शुभेच्छुक संघ-संस्थाका अध्यक्षहरूको व्यापक उपस्थितिमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

प्रवक्ता चन्द्रिका गुप्ताद्वारा जारी प्रेस विज्ञप्ति अनुसार उक्त बैठकले बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आगामी स्थानीय तहको निर्वाचनमा जिल्ला मातहतका सबै कार्यसमितिलाई सक्रिय बनाई पालिका प्रमुख, उप-प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष एवं सदस्य पदमा पूर्ण विजय हासिल गर्ने गरी रणनीति तयार गर्ने निर्णय गरेको छ।

यसका साथै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ लगायतका भातृ संस्थाहरूमा पार्टीबाट प्रतिनिधि पठाउँदै टोल कार्यसमितिसम्मलाई नियमित बैठक र गतिविधिमा सक्रिय गराउने तथा पार्टीको विधान एवं नियमावली विपरीत कार्य गरी संगठनलाई क्षति पुऱ्याउनेहरूमाथि विधान अनुसार कडा कारबाही गर्ने प्रस्ताव समेत बैठकले सर्वसम्मतिले पारित गरेको छ।

प्रतिक्रिया
शेयर