एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेशको पर्खाइ

छानबिन न्यूज
पाठक संख्या 66
1 Min Read
Oplus_16908288

११ असार,काठमाण्डाैं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै उनकी पत्नी दोमाया पौडेलद्वारा सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटउपर न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बहस सकिएको छ ।

राजनीतिक प्रतिशोधका आधारमा बिना कुनै प्रमाण पक्राउ गरिएको दाबीसहित दायर रिटमा वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, रमेश बडाल र ईश्वरी भट्टराईले जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था नरहेको र व्यापारी दीपक भट्टसँग कुनै प्रत्यक्ष कारोबार नदेखिएकाले यो पक्राउ गैरकानूनी भएको जिकिर गरेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी रातारात काठमाडौं ल्याएर मंगलबार ५ दिनको म्याद थप गरेको थियो, जसको विरुद्धमा परेको यस रिटको बहस सकिएसँगै अब अदालतको आदेशको पर्खाइ रहेको छ ।

प्रतिक्रिया
शेयर