२१ जेठ,बारा । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको र समितिको स्पष्टीकरणको जवाफ समेत नदिएको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ।
सोही उजुरीका आधारमा छानबिन गर्दा बाराका उपसभापति अमिरीलाल राउत (पाल) ले भने सफाइ पाएका छन् भने निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सर्लाही क्षेत्र नम्बर २ का तीन जना प्रदेश सभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई आगामी दिनमा यस्ता गुनासा नआउने गरी सजगताका साथ पार्टी विधान र नियमावलीप्रति प्रतिबद्ध रहेर पदीय जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै सजग गराइएको छ।
प्रतिक्रिया
