१७ जेठ,काठमाण्डाैं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको भनी दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उक्त भनाइलाई ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) सँग सम्बन्धित प्राविधिक यथार्थ भएको बताएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार प्रधानमन्त्रीले संसद्मा उठाउनुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र प्राविधिक अध्ययन अनुसार केही जग्गा हाल नेपालले उपयोग गरिरहेको भए पनि भारततर्फ पर्न सक्ने र केही भारतले उपयोग गरिरहेको जग्गा नेपालतर्फ पर्न सक्ने यथार्थसँग जोडिएको हो।
यसका साथै मन्त्रालयले फरक प्रसंगमा लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा सञ्चालन गरेको विषयमा नेपालको आधिकारिक धारणा यसअघि नै स्पष्ट पारिसकेको समेत उल्लेख गरेको छ।
