नेपालले पनि भारतको जग्गा मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीको आपत्ति

छानबिन न्यूज
पाठक संख्या 101
1 Min Read
Oplus_16908288

१७ जेठ,काठमाण्डाैं । प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको आफू प्रधानमन्त्री भएपछि थाहा पाएको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसप्रति तीव्र आपत्ति जनाएका छन् ।

नेपाल-भारत सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गर्ने र लिपुलेक, लिम्पियाधुराको विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतले दिएको जानकारी दिँदै प्रधानमन्त्री शाहले भूमि सम्बन्धी ‘टेबल टक’ का लागि इंग्ल्याण्ड सरकारसँग पनि कुरा भएको बताए ।

तर, एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले सदनमै उभिएर नेपालले अर्को देशको सीमा मिचेको भन्नु निकै गम्भीर विषय भएको ठहर गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ भनी जवाफ माग गरेकीछिन  ।

नेकपा सांसद रमेश मल्लले पनि यस विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनसमेत माग गरेका छन ।

प्रतिक्रिया
शेयर