देउवाको ‘ह्वीप’ तोड्दै भृकुटीमण्डपमा नेताहरूको लर्को: कांग्रेसमा विद्रोह कि रूपान्तरण

छानबिन न्यूज
पाठक संख्या 161
1 Min Read

२७ पुस,काठमाण्डाैं ।  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन सुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन पक्षले यस महाधिवेशनलाई अस्वीकार गर्दै सहभागी नहुन निर्देशन जारी गरे तापनि देउवा समूहनिकट मानिएका विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, उदयशमशेर राणा, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोला, योगेन्द्र चौधरी र भरत शाहलगायतका ३० जनाभन्दा बढी नेताहरू उद्घाटनसत्रमा सहभागी भएका छन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेता गुरु घिमिरेले संस्थापन पक्षका युवा नेताहरूलाई सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत लिएर आउन आग्रह गर्दै एकताको आह्वान गरेका छन् भने महाधिवेशनमा सुनील शर्मा र चन्द्र भण्डारी लगायतका प्रभावशाली नेताहरूको पनि उपस्थिति रहेको छ।

प्रतिक्रिया
शेयर