बाराको कलैयासहित देशभर बकर इदको रौनक: सामूहिक नमाज र कुर्बानीसहित मनाइँदै

छानबिन न्यूज
पाठक संख्या 86
1 Min Read

ईर्साद अन्सारी

१४ जेठ,​काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज बाराको कलैयासहित देशभरका मस्जिद र इदगाहहरूमा हर्षोल्लासका साथ मनाइँदैछ ।

इदुल फित्र (रमजान) को ७०औँ दिनमा मनाइने यस ऐतिहासिक पर्वको अवसरमा बिहानै मुस्लिम धर्मावलम्बीहरूले स्नान गरी सामूहिक नमाज पढेर एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको तर अल्लाह प्रसन्न भई स्वर्गको दुम्बाको कुर्बानी (बलि) भएको धार्मिक मान्यताको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

यस पर्वको मुख्य उद्देश्य हजयात्रा भए पनि मक्का मदिना जान नपाउनेहरूले घरघरमै अल्लाहलाई खुसी पार्न जायज जनावरको कुर्बानी दिने गर्दछन्, जसको निरन्तरता सन् ५७१ मा मक्कामा जन्मनुभएका मोहम्मद सलल्लाले ‘हदिस’ नामक धर्मग्रन्थ रचना गरी पुस्तान्तरण गर्नुभएको थियो ।

यसै अवसरमा काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद र काश्मिरी मस्जिदलगायत देशभरका धार्मिक स्थलहरूमा भक्तजनको ठुलो भीड लागेको छ भने सरकारले आजका दिन देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया
शेयर