वैभव सूर्यवंशीको कीर्तिमानी ब्याटिङसँगै आईपीएल एलिमिनेटरमा हैदराबाद र राजस्थान भिड्दै

छानबिन न्यूज
पाठक संख्या 52
1 Min Read
Oplus_16908288

१३ जेठ,बारा ।  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुल्लाम्पुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको रोमाञ्चक एलिमिनेटर खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानका लागि वैभव सूर्यवंशीले कीर्तिमानी पारी खेलेका छन्।

ओपनर यशस्वी जैसवालसँगै क्रिजमा उत्रिएका सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै क्रिस गेलले सन् २०१२ मा बनाएको एकै सिजनमा सर्वाधिक ५९ छक्काको १४ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो ६० औं छक्का प्रहार गरेर अर्धशतक पूरा गरे। मात्र २९ बलमा १२ छक्का र ५ चौकाको मद्दतले आक्रामक ९७ रन जोडेर आउट भएका उनी, सन् २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक प्रहार गरेका क्रिस गेलको आईपीएल इतिहासकै सर्वाधिक छिटो शतकको कीर्तिमान भेट्टाउनबाट मात्र ३ रनले चुके।

यस नकआउट खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी टोलीले फाइनल प्रवेशका लागि मे २९ मा गुजरात टाइटन्स विरुद्ध दोस्रो क्वालिफायर खेल्नेछ।

प्रतिक्रिया
शेयर