३ जेठ,बिराटनगर । विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनका मुन्द्रा चोरी भएको घटना सार्वजनिक भएको छ ।
विष सेवन गरेपछि जेठ १ गते अस्पताल भर्ना भएकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको आइतबार बिहान मृत्यु भएलगत्तै उनको दुवै कानमा रहेको करीब एक तोला सुनको मुन्द्रा अचानक गायब भएको थियो ।
सुरुमा सुन हराएको कुरा अस्वीकार गर्दै पन्छिन खोजेको अस्पताल प्रशासन सीसीटीभी क्यामेराको फुटेज जाँच गरेपछि भने आफ्नो गल्ती स्वीकार गर्न बाध्य भएको हो ।
अन्ततः प्रहरीको रोहबरमा भएको छलफलपछि अस्पताल प्रशासनले पीडित परिवारलाई हराएको सुन बराबरको रकमको चेक काटेर क्षतिपूर्ति उपलब्ध गराएको छ ।
प्रतिक्रिया
