मधेश सरकार संकटमा: कांग्रेसभित्रै फ्लोर क्रसको डरले मुख्यमन्त्री यादवको विश्वासको मत प्रक्रिया अनिश्चित

छानबिन न्यूज
पाठक संख्या 22
1 Min Read
Oplus_16908288

१ जेठ,बारा । जनमत पार्टीले गत वैशाख २२ गते समर्थन फिर्ता लिएपछि संवैधानिक रूपमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने दबाबमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सरकार गठनबन्धन भित्रकै आन्तरिक तीव्र विवादका कारण गम्भीर संकटमा परेको छ।

आज बिहान ११ बजेका लागि तय भएको प्रदेशसभा बैठक नेपाली कांग्रेसभित्रै गगन थापा र शेखर कोइराला पक्षका करिब ७ जना सांसदहरूले ‘फ्लोर क्रस’ गर्न सक्ने उच्च राजनीतिक सूचना बाहिरिएपछि अनिश्चितकाल जस्तै बन्दै दिउँसोसम्म पनि सुरु हुन सकेको छैन।

आफ्नै दलका सांसदहरूबाट धोका हुने र सरकार ढल्ने निश्चित जस्तै संकेत पाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू हतार-हतार आन्तरिक छलफल र रणनीतिक गृहकार्यमा जुटेका छन् भने कानुनी र राजनीतिक साख जोगाउनका लागि आजको विश्वासको मत लिने प्रक्रिया नै स्थगित गर्ने अन्तिम तयारीमा सरकार पुगेको बुझिएको छ।

प्रतिक्रिया
शेयर