बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्य थापाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 14
1 Min Read
Oplus_16908288

२९ बैसाख,काठमाण्डाैं । बाजुराको बूढीगङ्गा नगरपालिका–३ की ३७ वर्षीया वडा सदस्य कल्पनादेवी थापाको मंगलबार दिउँसो भिरबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको छ ।

फालासैनबाट घरतर्फ फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै माथिबाट खसेको ढुङ्गाले लाग्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन ।

स्थानीयको खबरपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको थियो । मृतक थापा विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्य पदमा निर्वाचित भएका थिए  ।

प्रतिक्रिया
शेयर