वीरगञ्जका चार क्यासिनोमा एकसाथ छापा, भारतीय नागरिकसहित ६ जना समातिए

छानबिन न्यूज
पाठक संख्या 42
1 Min Read
Oplus_16908288

२७ बैसाख,बारा । वीरगञ्जस्थित विभिन्न क्यासिनोहरूमा अवैध रूपमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा ५ जना भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाको आधारमा वैशाख २६ गते बिहान ११:४० बजे वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले किङ क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब्स तथा क्यासिनो माहजोङमा एकसाथ छापा मारेको थियो।

पक्राउ पर्नेहरूमा भारत विहारका गणेश कुमार, सन्दिप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज–३२ का जमुदिन मियाँ अन्सारी रहेका छन्; उनीहरूको साथबाट क्यासिनो क्वाइन, नगद नेपाली तथा भारतीय रुपैयाँ र मोबाइल बरामद गरिएको छ।

​नेपालको क्यासिनो नियमावली, २०७०पर्यटन ऐन अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउन र जुवा खेलाउन पूर्णतः निषेध गरिएको छ भने विदेशी नागरिकले पनि निर्धारित कानुनी प्रक्रिया र प्रवेश शुल्क पालना गर्नुपर्ने हुन्छ।

प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, नियमानुसार अनुमति प्राप्त स्थानमा समेत अनाधिकृत प्रवेश गरी जुवा खेलिएको पाइएकाले पक्राउ परेकाहरूमाथि प्रचलित कानुन बमोजिम अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया
शेयर