सरकारी विज्ञापन विभेदविरुद्ध बारामा पत्रकारहरूको हस्ताक्षर अभियान जारी

छानबिन न्यूज
पाठक संख्या 24
1 Min Read
oplus_32

१० जेठ,बारा ।  सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लाभर हस्ताक्षर अभियानलाई तीव्र पारेको छ ।

महासंघको केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यता एवं बारा शाखा अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सुरु भएको यस अभियानलाई केन्द्रको निर्देशनअनुसार कलैयासहित जितपुरसिमरा र निजगढमा समेत उत्साहजनक रूपमा अगाडि बढाइएको अध्यक्ष सुवेदीले जानकारी दिएका छन् ।

सरकारले गत चैत १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी सूचना र विज्ञापन केवल सरकारी मिडियालाई मात्र दिने नीति ल्याएपछि, सञ्चार क्षेत्रमा भएको यस विभेदकारी कदमको विरोधमा पत्रकार महासंघले देशव्यापी रूपमा चरणबद्ध आन्दोलन गर्दै आएको  छ ।

प्रतिक्रिया
शेयर