महोत्तरीमा तीन वटा पिकअप गाडीसहित ठूलो परिमाणमा अवैध स्याउ बरामद

छानबिन न्यूज
पाठक संख्या 11
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१९ बैसाख,बारा । महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ६ हजार ९ केजी स्याउ र तीन वटा पिकअप गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी र मातहत युनिटको संयुक्त टोलीले शनिबार चेकजाँचका क्रममा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका गाडीमा ३ सय ४५ कार्टुनमा प्याक गरी लैजाँदै गरिएको उक्त स्याउ बरामद गरेको हो।

बरामद गरिएको स्याउ र गाडीहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर