बुटवलको नुवाकोट सडकमा स्कुटर दुर्घटना: दुई जनाको मृत्यु, एक गम्भीर

छानबिन न्यूज
पाठक संख्या 29
1 Min Read

१६ बैसाख,बारा । पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर मंगलबार साँझ ७ बजेतिर बुटवल उपमहानगरपालिका–१३ स्थित भ्यूटावर नजिकैको ओरालोमा अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा दुई युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा–७ की १९ वर्षीया निशा कुँवर र बुटवल–११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगर रहेका छन्, जसको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

तीन जना सवार उक्त स्कुटरमा ‘ओभरलोड’ भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र चालक बाणगंगा–७ का सोमन श्रेष्ठ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पछिल्ला दुई वर्षमा ६ जनाको ज्यान लिइसकेको यस जोखिमपूर्ण सडक खण्डमा ट्राफिक प्रहरीको पर्याप्त चेकजाँच नहुँदा पटक–पटक यस्ता मानवीय क्षति भइरहेका छन् ।

प्रतिक्रिया
शेयर