डिजेलको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडामा ५ प्रतिशतले वृद्धि

छानबिन न्यूज
पाठक संख्या 47
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१६ बैसाख,काठमाण्डां । यातायात व्यवस्था विभागले डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेसँगै इन्धनको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडामा ५ प्रतिशतले वृद्धि गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको सहमति अनुसार विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाएको हो।

यसअघि गत चैत २५ गते मात्र भाडा वृद्धि गरिएकोमा दुई साता नबित्दै पुनः भाडा बढाइएको छ र यो नियम आजै वैशाख १६ गते बुधबारदेखि लागू हुने विभागले जनाएको छ।

तर, विद्युतीय सवारीसाधनको हकमा भने पुरानै भाडादर कायम रहने र यदि तिनले भाडा बढाएको पाइएमा कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।

प्रतिक्रिया
शेयर